हेटौंडामा लकडाउन : कमजोर प्रशासन, अटेरी नागरिक

बाग्मती खबर
३० चैत्र २०७६, आईतवार १६:३८

हेटौंडा : बाग्मती प्रदेशको राजधानीमा आईतबार दिउँसो लकडाउनको खासै प्रभाव देखिएन । केहि दिन यता जिल्ला प्रशासन कार्यालय मकवानपुरले १० बजे देखि ३ बजे सम्म अत्यावश्यक सामाग्रीहरुको पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । सुरुवाती चरणमा प्रभावकारी देखिएको उक्त निर्णय प्रशासनको कमजोर उपस्थितीले फितलो कार्यान्वयन भएको देखिएको छ ।

आईतबार दिउँसो हेटौंडाको स्कुलरोड तथा मेन रोडमा त भिडै लागेको थियो । छिमेकी जिल्लामा ३ जना भारतीय नागरिकलाई कोरोना संक्रमण देखा परेको बेला हेटौंडामा भने नागरिकहरु सडकमा विना कामले पनि हिँडिरेहेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको आज २० औं दिन हो । देशभर आज पनि अत्यावश्यक सेवा र अनुमति लिएका सवारी साधनहरू मात्र चलिरहेका छन् । लकडाउनको २० औँ दिन आज पनि अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

राजधानीमा नै अटेरी छन जनता

हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएको भोलिपल्टै बाग्मती प्रदेशकोे राजधानी हेटौंडामा सावारी साधन र सर्वसाधरणको प्रहरीलाई अटेरी गर्दै हिँडेको पाइएको छ । लकडाउन अगाडी शनिबार गरिने बजार भन्दा धेरै भिड लकडाउनको बेला हेटौंडामा देख्न सकिन्थ्यो । केहि हेटौंडाका नागरिकहरु अटेरी गर्दै विना काममा बजार हेर्नै निस्केको समेत पाइयो । प्रशासनले गतिले “एक्सन” नलिने हो भने हेटौंडामा संक्रमण छिट्टै र सजिलै फैलिने सक्छ तर प्रशासनले भने लकडाउनलाई खासै कडाई गरेको देखिन्न ।

अब ३ घण्टा मात्रै पसल खुल्ने

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यक सामाग्री खरिद गर्ने समय छोट्याएको छ । लकडाउनको अवधिभर हेटौंडाको खाद्यन्नको पसलहरु ३ घण्टा मात्र खुल्ने भएको छ । यस अघि१० बजेदेखि ३ बजे सम्म खुलाएता पनि भोली सोमबारबाट लकडाउनको अवधिभर बिहान १० बजे देखि दिउँसो १ बजे सम्म खाद्यन्नको पसलहरु खोल्न दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*