बागमती प्रदेशका मुख्यमन्त्रीद्धारा शुभकामना व्यक्त

हेटौडा:- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवाशीको नाममा संवोधन गर्दे घरमा वसी कोरोनालाइ परास्त गर्न आव्हान गर्नु भएको छ ।
नया वर्ष ०७७सालको शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री पौडेले हरेक कालो वादलमा चादीको घेरा हुने भएकोले यो महा विपत्तीको सामना एक भएर गर्दे नया विहानीलाइ उर्जाशिल वनाउदै आउने वर्षलाइ पुर्वाधार निमार्णको लागि कोसेढुगा वन्ने आशा व्यक्त गर्नु भएको छ ।
जीवनशैली अहार विहार आनीवानी परिवर्तन गर्दै सरकारले लागु गरेको लकडाउनलाइ पुर्ण परिपालन गर्न आव्हान गर्दै मुख्यमन्त्री पौडेलले विषम अवस्थामा कामगर्ने राष्टसेवक कर्मचारी शुरक्षाकर्मी , स्वाथ्यकर्मीलाइ हार्दिक धन्यवाद भन्दै आगमी दिनलाइ स्वर्णीम वनाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ ।