मंगलवारवाट पसलहरु विहान ९ वजे सम्म संचालन हुने

हेटौंडा:- लकडाउनको प्रवाह नगरी वजारमा अनावश्यक भीडभाड वडेपछि मकवानपुरका सवै पसलहरु मंगलवार देखि बिहान नौ वजेसम्म मात्र सञ्चालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सोमवार भएको कमाण्ड पोष्टको निर्णय अनुसार दिउसो वढी भिडभाड भएकाले विहान नौ वजे सम्म मात्र सवै खालका पसलहरु सञ्चालन गर्ने निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो । यस अगाडि दिउसो ३ वजे सम्म अत्यावश्यक पसलहरु खोल्न पाउने निर्णय गरिएको थियो। अत्यावश्यक सामान खरिदको नाममा भिडभाड वडेसंगै प्रशासनले यस प्रकारको निर्णय गरेको हो ।
दिउसोको लकडाउनको समयमा वढी सवारीका साधनहरु ओहोर दोहोर गर्ने र भिडभाड वढ्न थालेपछी अत्यावसेक औषधी पसल भन्दा बाहेक दैनिक उपभोग्य सामान खरिदका लागि बिहान नौ वजे सम्म मात्र पसल खोल्न दिने निर्णय भएको हो ।
यसअघि कमाण्ड पोष्टको बैठकबाट दुध तथा दुग्धजन्य पदार्थ मात्र विक्री वितरण गर्ने डेरी पसल विहान ९ वजे सम्म र खाद्यान्न, तरकारी लगायतका खाद्य सामग्री विक्री वितरण गर्ने खुद्रा पसल तथा होलसेल पसलहरू विहान १० बजेदेखि दिनको १ बजेसम्म मात्र खुला राख्ने निर्णय गरिएको थियो । यो निर्णयलाई परिमार्जन गर्दै अहिले विहानको समयमा मात्र दैनिक उपभोग्य सामानको विक्री वितरण गर्न लागिएको हो ।
मकवानपुरमा लकडाउनलाई थप प्रभावकारी वनाउन लागिएको छ । मकवानपुर उद्योग वाणिज्य संघले टोल,टोलमा खाद्यान्न तथा तरकारी विक्री वितरणको आवश्यक व्यवस्था मिलाउने । तराईबाट प्रवेश गरी मकवानपुर जिल्लाको लागि अत्यावश्यक सामग्री ढुवानी गरी आउने सवारी साधनहरूलाई स्प्रे छरेर मात्र भित्रन दिने भएको छ । जिल्लाका सवै स्थानीय तहहरूले आ–आफ्ना क्षेत्रमा माइकिङ्ग तथा प्रचार प्रसार गरी लकडाउनलाई अझ बढी प्रभावकारी बनाउने निर्णय गरिएको छ । यसै गरि आजदेखिनै अनावश्यक रुपमा वजारमा भिडभाड गर्दे संचालन भइरहेका मोटरसाइकल समेत नियन्त्रणमा लिन निर्देशन दिइ सकिएको प्रजिअ नेपालले वताउनु भयो ।