कोरोनाले मर्नेको संख्या एकलाख नाध्यो

काठमाडौं:-कोभिड १९ कोरोना भाइरस संक्रमणबाट विश्वभर एक लाख १९ हजार ११३ जनाको मृत्यु भएको छ । यो हाल सम्मको पछिल्लो तथ्याक हो ।
यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकाको व्योमिङ राज्यमा पनि कोरोनाबाट पहिलो मृत्यु भएको छ ।
अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ
यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोनाको केन्द्र अमेरिकाको न्यूयोर्क हो । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ ।
न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकालाई समेत कोरोनाले हायलकायल पारेको छ । यद्यपि अमेरिकी सरकारले लकडाउन गरेको छैन ।