बीरगंजका ३८ जनाको कोरोना परीक्षण हेटौडामा हुदै

हेटौडा:- पर्साको बीरगंजमा ३ जना भारतीयहरुलाई कोरोना संक्रमण पुष्टी भए संगै उनीहरुको सम्पर्कमा रहेका सोही क्षेत्रका अन्य थप ३८ जनाको स्वाब परीक्षण हेटौडाको ल्यावमा शुरु भएको छ ।
शुक्रबारबाट नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखिएको ३ जना भारतीय लाई कोरोना पुष्टी भएसंगै उनीहरुको सम्पर्कमा आएका ३८ जनाको हेटौडा १० मा रहेको ल्यावमा कोरोनाको परीक्षण भइरहेको हो । आज साझ ८ वजे सम्म वीरगंजका ३८ सहित ४० जनाको स्वाब परीक्षणको रिपोट प्राप्त हुने बाग्मती प्रदेश सरकारले शुरु गरेको हेटौडाको कीट जन्य रोग अनुसन्धान केन्द्रको कोरोना परीक्षण केन्द्रका निमित्त प्रमुख नारायण कार्कीले वताउनु भयो ।
३ जना मुस्लीम धर्मगुरुहरुलाइ कोरोना संक्रमित भएपछि सो क्षेत्रमा सिल गरि व्यापकरुपमा संक्रमितको सम्पर्कमा आएकाहरुलाइ आइसोलेसनमा राख्दै स्वब परीक्षण शुरु गरिएको थियो । परीक्षण गरिएका केहीको रिपोर्ट नेगेटिभ आइसकेको छ भने आज ३८ जनाको रिपोट आउन लागेको हो । ३ जना जमाती मुस्लीम धर्मगुरुहरुलाइ कोरोना संक्रमण भएपछि यस क्षेत्रमा व्यापक सन्त्रास वडेको पाइएको छ । स्थानीय प्रशासनले पनि सो क्षेत्रमा व्यापक शुरक्षा सर्तकता अपनाउदै स्वब परीक्षण शुरु गरेको हो । २ जना भने हेटौडामा नै संकास्पद भएपछि परीक्षण गरिएको हो ।