असुरक्षित रुपमा दैनिक हेटौडा आउछन् सयौ गाडीहरु

रातोमाटेको हेल्थक्लिनिक पनि वन्द , नियमित छरिदैन किटनाषक
बाग्मती खबर
४ बैशाख २०७७, बिहीबार ११:३४

मकवानपुर :- हेटौडा वजारमा मकवानपुर जिल्लाभन्दा वाहिरवाट तरकारी तथा फलफुल आउन नदिने कमान्ड पोष्टको निर्णय भएको १० घन्टा पनि वित्न नपाउदै केही तरकारी तथा फलफुल वोकेका भारतीय गाडी हेटौडा वसपार्क आइपुगे , त्यो पनि विना शुरक्षा प्रवन्ध । यसो त सयौ गाडी प्रदेश नं २ वाट दैनिक हेटौडा छिर्ने गरेका छन् बिना सुरक्षा प्रवन्ध नै ।
कोरोना संन्त्रासको कारण जिल्ला प्रवेश गर्ने सवारी साधनलाइ शुरक्षा साथ औषधी छर्किएर मात्र प्रवेश गराउने भनिए पनि शुरक्षा उपाय विनानै दैनिक जसो सवारी साधनहरु रातोमाटे चेकपोष्ट हुदै हेटौडा प्रवेश गरि रहेका छन् । यो क्रम बुधवार राती सम्म एकै दिनमा मात्र ३ सय १९ वटा गाडि रातोमाटे चेकपोष्ट हुदै हेटौडा प्रवेश गरेको तथ्याक जिल्ला प्रहरी कार्यालय मकवानपुर संग छ । यहा आउने गाडीहरुमा धेरै जसो भारतीय सीमा क्षेत्रवाट खाध्यान्न , इन्धन, तथा औषधीजन्य समाग्री ल्याएका गाडीहरु छन् । यहा आउने गाडीको लगत राखेर जिल्ला प्रवेश गराइएको प्रहरीको भनाइ छ । लकडाउन शुरु भएपछि प्रदेशन. २ वाट जिल्ला प्रवेश गर्ने सवारीका चालक एवं अन्य लाइ स्वाथ्य परीक्षण गरेर मात्र जिल्ला प्रवेश गराउने तथा गाडीहरुलाइ किटनाशक औषधी छरेर मात्र प्रवेश गराउने भनिए पनि पछिल्लो समय त्यस्तो हुन सकेको छैन । निर्वाधरुपमा अशुरक्षीत ढंगले सधै जसो गाडीहरु जिल्ला प्रवेश गरिरहेको वारेमा आफुलाइ जानकारी नभएको र यस सम्वन्धी सम्पुर्ण जिम्मेवारी हेटौडा उप महानगरपालिकालाइ दिइएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनु भयो । यो जिम्मेवारी कमान्ड पोष्टको निर्णयले हेटौडा उपमहानगर पालिकालाइ दिइएकोले र वुधवार पनि आफु अनुगमनमा गएको प्रजिअ नेपालले वताउनु भयो । यहा प्रवेश गरेका गाडीहरु कति जिल्लामा वस्छन् र कति अन्य जिल्लामा जाने गरेका छन् यसको तथ्याक समेत राखिएको छैन ।
यस सम्वन्धमा हेटौडा उप महानगरपालिका मेयर हरिवहादुर महतले नगरभित्र औषधी छर्ने काम भ्याइ नभ्याइ भएको कारण नभ्याएको तथा आइसोलेसन्स तथा अन्य क्षेत्रमा स्वाथ्यकर्मी खट्नुपर्ने भएकोले रातोमाटेमा हेल्थ डेक्स राख्न नभ्याइएको वताउछन् ।
यसरी जिल्ला प्रवेश गर्ने मुख्य नाकामा सुरक्षाको उपाय अवलम्वन नगर्दा जिल्लावासी भने त्रसित हुन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*