हेटौडाका चारै जनामा कोरोना नभएको पुष्टी

हेटौडा :-हेटौडा उपमहानगरपालिकामा भएको र्यापिट टेष्टमा ४ जनालाइ पोजेटिभ देखिए पनि उनीहरुलाइ कोरोना संक्रमण नभएको पाइएको छ ।र्यापिट टेष्टमा पोजेटिभ देखिएपनि पिसिआर विधीवाट हेटौडाको कारोना परीक्षण स्थलमा भएको ल्यावमा भने उनीहरुको नतिजा नेगेटिभ आएको हो ।
आज भएको पिसीआर विधीवाट उनीहरुको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको हो । हेटौडा १०मा कीट जन्य रोग अनुसन्धान केन्द्रमा रहेको बागमती प्रदेशको कोरोना परीक्षण ल्यावमा आज विहान उनीहरुको स्वाब परीक्षण गरिएको थियो । उनीहरुलाइ कोरोनाको कुनै लक्ष्यण देखिएन, सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोतम सेडाइले बाग्मती खवरलाइ वताउनु भयो । उनीहरु पुर्ण शुरक्षीत र स्वथ्य छन् उनले भने ।
र्यापिट टेष्टमा पोजेटिभ नतिजा आएसंगै उनीहरुलाइ हेटौडा ४को आइसोलेसनमा राखिएको थियो भने परिवालाइ भने होम क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको विगत हेर्दा सवैजना नेपाल वाहिरवाट आएका देखिन्छन् ।
पोजेटिभ देखिएकी ५५ वर्षकी महिला भारतीय मुस्लीम नागरिक रहेको र उनी २७ दिन अगाडि हेटौडा आएकी थिइन । उनी हेटौडा ४ कमलडाडामा आफन्तकोमा वस्दै आएकी छिन् । यसै गरि हरियालीटोलका ३२ वर्षिय युवक ३५ दिन अगाडि साउदी अरेवियावाट आएका थिए भने जिएस चौकका २५ वर्षिय युवक २८ दिन अगाडि भारतको वेग्लोर वाट नेपालआएका थिए । यसै गरि हेटौडा २का ६६ वर्षिय पुरुषभने ३१ दिन अगाडि भारतवाट नेपाल आएका थिए ।
आइसोलेसनवाट डिष्चार्ज भएका विरामीको मृत्यु,पुन स्वाब टेष्ट
हेटौंडाको कर्रामा सञ्चालन गरिएको आइसोलेसनबाट डिस्चार्ज गरिएका एक जना विरामीको हिजो साँझ मृत्यु भएको छ । ज्वरो आएपछी आइसोलेसनमा राखिएका हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ लालझाडी वस्दै आएका होमबहादुर सञ्जेलको मृत्यु भएको हो ।
उहाँको दोश्रो पटक फेरी स्वाब संकलन गरेर ल्यावमा पठाइएको छ । सञ्जेललाई आइसोलेसनमा तीन दिन राखेर बैशाख १ गते डिस्चार्ज गरिएको र उहाँको हिजो मृत्यु भएको आइसोलेसन इन्चार्ज तथा हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहदा उहाँको स्वाब टेष्ट रिपोर्ट नेगेटिभ आएको थियो । दोश्रो पटक हिजो मृत्यु भएपछी फेरी स्वाब परिक्षणका लागि ल्यावमा लगिएको छ ।
मृत्यु भएपछी पनि घर परिवार, छिमेक सवैमा सन्तोक होस भनेर स्वाब संकलन गरेर परिक्षण गर्न लागिएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो । छिमेक र आफन्तको आग्रह अनुसार फेरी स्वाब परिक्षण गर्न लागिएको उहाँले वताउनुभयो ।