नेपालमा कोरोनाको संख्या ३० पुग्यो

एकैदिन थपियो १४ संक्रमित
बाग्मती खबर
५ बैशाख २०७७, शुक्रबार २०:३४

काठमाडौं :- नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । उदयपुरका १२ संक्रमित सबै पुरूष हुन् ।

संक्रमितहरु उदयपुर नगरपालिका-३ स्थित भुल्केमा रहेको मस्जिदमा भेटिएका थिए । मस्जिदमा नयाँ मानिसहरु देखेपछि स्थानीयले खबर गरेका थिए ।स्थानीय प्रशासन र जनप्रतिनिधि गएर बुझ्दा दिल्लीबाट आएका १२ जना भारतीय नागरिक र मोरङबाट ४ जना नेपाली भेटेपछि परीक्षण गरिएको थियो ।

सुरुको र्‍यापिड टेष्टमा सबैको रिपोर्ट नेगेटिभ आयो भने कोशी अस्पतालमा बिहीबार साँझ गरिएको परीक्षणमा ८ जनामा ‘प्रिजम्टिभ पोजेटिभ‘ देखियो । र, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनका हुन् ।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*