मध्यरातमा हिँडेरै १७ हजारले कान्तिलोकपथ काटे

बाग्मती खबर
८ बैशाख २०७७, सोमबार ०७:३८

ललितपुर:-छोटो दुरी तथा प्रहरीको न्यून उपस्थिति हुने भएकाले कान्तिलोकपथ हुँदै उपत्यकाबाट बाहिरिनेको संख्या उल्लेख्य छ । बागमती गाउँपालिकाको तथ्यांकअनुसार करिब १७ हजार मानिस कान्तिलोकपथ हुँदै बाहिरिएका छन्। उनीहरुले भोगेको पीडा शब्दमा व्याख्या गर्न नसकिने प्रकृतिको भएको बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन बताउँछन् ।

उनका अनुसार शनिबार मेघगर्जनसहित पानी पर्दै गर्दा एक सय जना मानिस भट्टेडाँडा पुगेका थिए । लोप्चनका अनुसार सिन्धुली, मकवानपुर, सर्लाही, बारा, रौतहट लगायत विभिन्न जिल्ला जाने यात्रु यसरी आएका हुन् । उनीहरुलाई खाना र सुत्ने ब्यवस्था मिलाएर स्थानीय ठेकेदारहरुको सवारीमा गन्तव्यमा पुर्याइएको थियो ।

बागमति गाउँपालिकाका दिपक समीर घिमिरे भन्छन, ुआज पनि ६०(७० जना आउँदैछन् भन्ने सुनिएको छु, उनले भने, ुहिजोआज दैनिक तीनदेखी चार सय जना हिँडेर बाहिरिएका छन्।

प्रहरीको आँखा छलेर मध्यरातमा हिँडेर बिहान दक्षिण ललितपुर पुग्नेको अवस्था हृदयविदारक छ । प्रायजसो इँटाभट्टा र गलैँचा कारखानामा काम गर्नेहरुको भीड देखिएको उनले बताए । बाहिरिने रहरले नभएर करले बाहिरिने गरेको बताउँदै उनले भने, ुसरकारले दिने ५ किलो चामल कति दिन पुग्छ रु ठूलो परिवार तथा बालबच्चा हुने एकदमै समस्यामा परेका छन् ।

राहत लिन नागरिकताको प्रमाणपत्र चाहिन्छ । त्यही नि कतिपयसँग नभएर राहत लिन नपाएको गुनासो घिमिरेसँग पैदल यात्रुले गरेका थिए । बागमती वडा न २ का अध्यक्ष नारायन घलेका अनुसार ५ गते दुई सय २६ जनालाई वडाले खानाको व्यवस्था गरेको थियो । ुकुखुरा फर्म खाली थियो केही त्यहाँ सुते, केहीलाई स्कुलमा भुइँमा त्रीपाल ओछ्याएर सुतायौँ , वडाअध्यक्ष घलेले भने, गर्भवती र बच्चाहरु देख्दा मनै कटक्क हुन्छ ।

वडा २ का अध्यक्ष बिजय लो र सदस्य रामबहादुर भोलुन पनि बटुवालाई खाना तथा पानीको ब्यवस्थापन गर्दै गन्तव्यमा पुर्याउन लागिपरेका छन् । ुआफ्नै खर्चमा सुख्खा खानेकुरा र पानी बाडिरहेका छौँ, भोलुनले भने, ३,४ पटक गाडी खोजेर पठायौँ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख भागीरथ पाण्डेयले यस विषयमा कुनै जानकारी नपाएको बताए । ुखान नपाए फोन गर्न भनेका छौँ, जसरी पनि खुवाउँछौँ, राती राती लुकेर हिँड्नेलाई के गर्न सकिएला र । आजको अन्नपुर्ण पोष्टमा खवर छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*