अलपत्र यात्रुलाइ खाना खुवाउदै हेटौडाका मनकारीहरु

सयौले सेवा लिइसके , निशुल्क गाडीको पनि व्यवस्था
बाग्मती खबर
९ बैशाख २०७७, मंगलवार ०९:३१

हेटौडा:- कोरोना त्रासको कारण सरकारले लकडाउन गरेपछि गन्तव्यमा जान हिडेको सयौ यात्रीहरु अलपत्र परेको छन् , कोही भोक भोकै छन् भने कही विचल्लीमा पनि छन् तर हेटौडामा आउने यात्रु भने न भोकै पर्छन न विचल्लीमा पर्ने गरेका छन् ।
दैनिक सयौ महिला केटाकेटी तथा वृद्धहरु समस्यामा पर्न थाले पछि श्रीकृष्ण प्रणामी समाज मकवानपुरले निशूल्क भोजनको व्यवस्था साथै अलपत्र यात्रुलाइ गन्तव्यमा पुर्याउन थाले पछि दैनिक सयौ यात्रुहरुले सुविधा पाई रहेका छन् ।
श्रीकृष्ण प्रणामी समाज मकवानपुले यात्रामा हेटौडामा अलपत्र परेका यात्रुलाइ भोजन तथा गन्तव्यमा पुर्याउन थालेपछि गएको २ दिनमा २ सय जना भन्दा वढीले सेवा लिएको र यो क्रम निरन्तर चलाइ रहने समाजका केन्द्रिय सदस्य वद्रिप्रसाद चौलागाइले वताउनु भयो ।
दैनिक सयौ यात्रु अलपत्र परेको खाना खान नपाएको गुनासो मात्र कति सुन्नु आफै लागि पर गरेर अलपत्र यात्रुलाइ सहयोग पुर्याउने कार्य थालनी गरेको चौलागाइले वताउनु भयो ।
दैनिक यस समाजका महिला युवाहरु खाना वनाउन दैनिक आउने अलपत्र यात्रुलाइ खुवाउन तथा व्यवस्थापन गर्न हेटौडा वसपार्कमा मेस नै संचालन गरेका छन् भने रकमको जोहो समेत आफुआफुवाट गर्ने गरेका उनीहरुको भनाइ छ ।
लकडाउनको कारण दैनिक जसो सयौ यात्रु पुर्व पश्चिम हाइवे हुदै पैदल तथा भेटिएको सवारी साधनमा चढी यात्रुहरु हिड्ने गरेका छन् । यसरी आउने यात्रुहरु सहयोग गर्ने क्रम अन्य संध संस्थाले पनि गर्दे आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*