उदयपुरमा थप ८ जनालाइ कोरोनाको आशंका

उदयपुर नेपालको कोरोनको इपी सेन्टर वन्ने त्रास
बाग्मती खबर
९ बैशाख २०७७, मंगलवार १३:२०

काठमाडौं :- उदयपुर जिल्लामा थप ८ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण आशंका गरिएको छ । कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्न पठाइएको छ ।

कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेकाहरू ६८ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

त्यसमध्ये, ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन परीक्षणका लागि पठाइएको हो । कोरोना संक्रमण हो या होइन भन्ने धरानमा परीक्षणपछि मात्र थाहा हुने ती चिकित्सकले बताए । जाच गरिएकाहरुको पुन परिक्षणको लागि मात्र लगिएको र उनीहरुलाइ कोरोनाको उच्च संभावना देखिएको छ । यस संगै उदयपुर जिल्ला नेपालको कोरोना संक्रमणको नया इपी सेन्टर हुने संभावना वड्दै गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*