काठमान्डौमा अलपत्र परेका ४सय यात्रु आज हेटौडा आउदै

हेटौडा:- कोरोना त्रासको कारण सरकारले लकडाउन गरेपछि काठमान्डौमा अलपत्र परेका मकवानपुरका सर्व साधारणलाइ सासद कृष्णप्रसाद दहालको पहलमा आज मकवानपुर ल्याउन शुरु गरिएको छ ।
काठमान्डौमा वसेर विभिन्न पेशा व्यवसाय गर्दै आएका सर्वसाधारणहरु लामो समयको लकडाउनले अलपत्र परि विचल्लीमा परेपछि दहालको सन्योजनमा आज हेटौडाको नारायण यातायात व्यवसायी कम्पनी प्रालिको सहयोगमा ५ वटा यात्रुवहाक वस पठाई काठमान्डौका विभिन्न स्थानवाट हेटौडा ल्याउने कार्य शुरु भएको सांसद दहालले वताउनु भयो ।
काठमान्डौमा सयौ व्यक्ति अलपत्र परेको र खान पनि समस्या परेको हुनाले आफुले समस्या परेकाहरुलाइ घर फर्काउने पहल गरि आजमात्र पहिलो लटमा ४सय जनालाइ हेटौडा फर्काइएको हो ।
यात्रुलाइ काठमान्डौको चावहिल वालाजु, कोटेश्वर , सातदोवाटो कलकी, एकान्तकुना समेत ५ स्थानमा जम्मा गरि विशेष गरि मकवानपुर क्षेत्रनं १का वासिन्दालाइ हेटौडा ल्याइ घर घरमा पुर्याउने व्यवस्था मिलाइएको क्षेत्रनं १का सांसद दहालले वताउनु भयो ।
५ वटा गाडी हेटौडावाट पठाइएको र २ वटा गाडी काठमान्डौमा नै व्यवस्था गरि पहिलो दिन ४सय जनालाइ ल्याउने व्यवस्था मिलाइएको हो । अलपत्र परेका सर्वसाधारण घर आउन पाउने भएपछि खुशी भएका छन् । आफुहरु सहयोगको भावनको कारणले नै निशुल्क वस पठाइएको नारायणी यातायात व्यवसायी कम्पनीका प्रवन्ध निर्देशक माधव अधिकारीले वताउनु भयो ।