सामाजिक सन्जालमा अफवाह फैल्याउने पूर्वसचिव उपाध्याय पक्राउ

बाग्मती खबर
११ बैशाख २०७७, बिहीबार ०७:५७

काठमाडौँ :— पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले बुधबार साँझ उपाध्यायलाई ललितपुरबाट पक्राउ गरेको हो ।फेसबुक र ट्वीटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

उपाध्यायलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेको हिरासतमा राखिएको छ। सामाजिक सञ्‍जाल फेसबुक र ट्वीटरमा सरकार विरुद्धमा जथाभावी लेखनमा उपाध्याय सक्रिय रहँदै आएका थिए।

साइबर अपराधको कसूरमा बिहीबार जिल्ला अदालत काठमाडौंमा उपाध्यायलाई उपस्थित गराइने स्रोतले बतायो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*