कोरोना कहर:- १ लाख ८६ हजार बढीको मृत्यु, अमेरिकामा मात्रै साढे ८ लाख संक्रमित

काठमाडौँ : चार महिनादेखि कोरोना भाइरसको महामारीले सिंगो मानव समुदायलाई सताइरहेको छ । चीनको वुहानबाट सुरु यो भाइरस विश्वका २ सय भन्दा धेरै देशका झण्डै २७ लाख मानिस संक्रमित भइसकेका छन् ।
सबैभन्दा धेरै यसले अमेरिकामा प्रभाव पारेको छ । जहाँ ८ लाख ५२ हजार भन्दा धेरै संक्रमित भएका छन् । क्रमशः स्पेन, इटाली, जर्मनी, फ्रान्स लगायत देशमा यसको बढी असर देखिएको छ । पछिल्लो समय कोरोना संक्रमण भारतमा तीव्र रुपमा फैलिएको छ ।
विश्वभरी संक्रमितको संख्या बिहीबार रातिसम्म २६ लाख ७२ हजार २ सय ६० पुगेको छ भने १ लाख ८६ हजार ४ सय ४९ को मृत्यु भएको छ । तीमध्ये ५८ हजार ३ सय १२ को अवस्था गम्भीर छ । तर ७ लाख ३१ हजार ५ सय २४ जना उपचारपछि घर फर्किएका छन् ।