काठमान्डौवाट १ हजार सर्वसाधरण एकै दिन मकवानपुर आए

मकवानपुरका सांसदको पहलमा एकैदिन २० गाडी हेटौडा आयो
बाग्मती खबर
१२ बैशाख २०७७, शुक्रबार ०९:१४

हेटौडा :- कोरोना त्रासको कारण सरकारले लकडाउन गरेपछि काठमान्डौमा अलपत्र परेका मकवानपुरका १ हजार सर्वसाधारण एकैदिन हेटौडा आइपुगेका छन् ।
मकवानपुर जिल्लाका सांसद कृष्णप्रसाद दहाल तथा विरोध खतिवडाको पहलमा शुक्रवार विहानमात्र १ हजार जना सर्वसाधारण मकवानपुर आइपुगेका हुन् ।
काठमान्डौमा वसेर विभिन्न पेशा व्यवसाय गर्दै आएका सर्वसाधारणहरु लामो समयको लकडाउनले अलपत्र परि विचल्लीमा परेपछि सांसदहरुको सन्योजनमा आज हेटौडाको नारायण यातायात व्यवसायी कम्पनी प्रालि र नारायणी यातायात व्यवसायी प्रालि दुवैको सहयोगमा एकैदिन २० वटा यात्रुवहाक वसमार्फत काठमान्डौका विभिन्न स्थानवाट हेटौडा ल्याउने कार्य भएको सांसद कृष्णप्रसाद दहालले वताउनु भयो ।
काठमान्डौमा सयौ व्यक्ति अलपत्र परेको र खान पनि समस्या परेको हुनाले आफुले समस्या परेकाहरुलाइ घर फर्काउने पहल गरि वुधवार पहिलो लटमा ४सय जनालाइ र शुक्रवार दुवै सांसदको पहलमा १ हजार जनालाइ मकवानपुर फर्काइएको हो ।
यात्रुलाइ काठमान्डौको चावहिल वालाजु, कोटेश्वर , सातदोवाटो कलकी, एकान्तकुना समेत ५ स्थानमा जम्मा गरि हेटौडा ल्याइएको थियो । मकवानपुरका सर्वसाधारण अलपत्र नपरुन भन्ने मनसायले मैले मात्र एकै दिनमा सन्योजन गरि १५ वटा यात्रुवहाक वस पठाइ सर्वसाधारणलाइ शुरक्षीत रुपमा घर ल्याइएको सांसद विरोध खतिवडाले वताउनु भयो । यसै गरि वुधवार र शुक्रवार गरि १२ वटा वसवाट सांसद दहलाले सर्वसाधारणलाइ ल्याउनु भएको हो ।
आफुहरु सहयोगको भावनको कारणले नै निशुल्क वस पठाइएको नारायणी यातायात व्यवसायी कम्पनीका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले वताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*