दैनिक हजारौं असुरक्षित रुपमा मकवानपुर प्रवेश

मकवानपुर जिल्ला उच्च जोखिममा पर्न सक्ने खतरा , धरान चतरा मार्गमा निगरानी वडाउन माग
बाग्मती खबर
१२ बैशाख २०७७, शुक्रबार १०:१६

हेटौडा :- कोरोना त्रासको कारण सरकारले लकडाउन गरेपछि काठमान्डौमा अलपत्र परेका मकवानपुरका १ हजार सर्वसाधारण शुक्रवार एकैदिन मकवानपुर आए , यो ज्यादै खुसीको कुरा हो, यसरी आउने सर्वसाधारण कतिको  छन् त गभिर प्रश्न यही हो ।
आजको दिन सम्म मकवानपुर जिल्ला कोरोना संक्रमणवाट वच्न सफल नै छ तर यसरी असुरक्षित रुपमा अन्य संक्रमित जिल्लावाट सर्वसाधारण हुलका हुल आउने क्रम वडेपछि संक्रमणको खतरा वड्न जाने त्रासले सर्वसाधारण जनता भने त्रसित देखिएका छन् ।
यसरी दैनिक १ हजारको संख्यामा मकवानपुर जिल्लाको गांउ गांउका सर्वसाधारण र्फकन थालेका छन् । यसरी फर्कने सर्वसाधारणको सामान्य ज्वरो समेत जाच नगरि जिल्ला प्रवेश गराउदा कस्तो प्रभाव पर्ला त हेटौडा अस्पतालका डा.हरि खड्का, एक ठाउवाट अर्को ठाउमा जादा सामान्य मात्र भएपनि परीक्षण गरेर मात्र ल्याउन पर्नेमा यसै ल्याउदा संक्रमणको उच्च जाखिममा परेको वताउछन् । र्यापिट टेष्ट गरेर आइसोलेसनमा वसेर घर पठाउनु पर्ने यसै पठाउदा मकवानपुर जिल्ला संक्रमणको जोखिममा रहेको छ यसरी आपरवाही रुपमा जिल्लामा ल्याउनु हुदैन डा खड्का भन्छन् ।
लकडाउनको मान्यता पनि एकै स्थानमा वस्नु पर्नेमा सयौ मानिस हुलका हुल असुरक्षित रुपमा हिड्ने गर्नाले कुनै मानिसमा संक्रमण भएमा ठुलो जनमानस एकै पटक संक्रमणको जोखिममा पर्न सक्ने भएको कारण यस प्रकारको गतिविधी तत्काल वन्द गरिनुपर्ने यस क्षेत्रका जानकारहरु वताउछन् ।
सामान्य ज्वरो समेत जाच गर्ने प्रावधान छैन , जनता समस्यामा परेको कारण आफुले मकवानपुर ल्याउने व्यवस्थापन गरेको र गाउपालिकाहरुलाई स्वाथ्य जाच गरि मात्र घर पठाउन भनेको मकवानपुरका सासंद कृष्णप्रसाद दहाल वताउछन् ।
मकवानपुरको पछिल्लो अवस्था हेर्दा काठमान्डौवाट धेरै जसो सर्वसाधारण जिल्ला फर्किएका छन् , यसै पनि काठमान्डौ संक्रमणको उच्च जोखिममा छ भने यस अगाडि २ जनालाइ संक्रमण पुष्टी पनि भइसकेको अवस्थामा छ । तसर्थ जिल्लामा प्रवेश गर्ने सर्वसाधारणलाइ स्वाथ्य जाच गरि पुर्ण रुपमा शुरक्षीत भएपछि मात्र घर पठाउनु पर्ने माग उठ्न थालको छ ।
धरान चतरा मार्ग वन्द गर्न माग
नेपालकै वुहानको रुपमा चिनिने उदयपुर जिल्ला भौगोलिक रुपमा टाडा नै लाग्छ हामीलाइ तर हालै सामान्य संचालनमा आएको धरान चतरा मार्ग उदयपुर जिल्ला हुदै मकवानपुर जोड्ने सवभन्दा छोटो मार्ग हो । यो मार्गवाट साना गाडि तथा मोटरवाइकहरु आवत जावत शुरु भइसकेको छ । यसै मार्गवाट उदयपुर झुल्के क्षेत्रका सर्वसाधारणहरु आए भने कसले रोक्न सक्छ मकवानपुर प्रवेश गर्न तसर्थ यस क्षेत्रवाट आवत जावत गर्नेहरुलाइ निगरानी वडाउनु पर्ने आवश्यकता देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*