मुस्लिम समुदायको रमजान सुरु, घरमै बसेर नमाज पढ्न आग्रह

बाग्मती खबर
१३ बैशाख २०७७, शनिबार ०८:११

काठमाडौं:- इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।

हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्योदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ । अहिले हिजरी संवत १४४१ हो ।

सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस ९कोभिड–१९०को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भएपनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरे ।

रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने वि

जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार साँझसम्ममा अमेरिकामा कोभिड–१९ का कारण ५० हजार ३१ जनाले ज्यान गुमाएका छन्। संक्रमित संख्या ८ लाख ७० हजार ४ सय ६८ पुगेको छ।

अमेरिकामा सबैभन्दा धेरै न्युयोर्कमा १६ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ। कोभिड–१९ बाट विश्वमै अति प्रभावित अमेरिकामा हालसम्म ८० हजार ९ सय ३७ जना निको भइसकेका छन्।

जनवरी २१ मा पहिलो संक्रमित पुष्टि भएसँगै अमेरिकामा हालसम्म ४६ लाख ९२ हजार ७ सय ९७ जनामा कोरोना परीक्षण गरिसकिएको छ र यो क्रम अझै जारी छ ।

गत डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वभर फैलिइसकेको छ । शुक्रबार साँझसम्म कोरोना संक्रमणबाट विश्‍वभर ज्‍यान गुमाउनेको संख्या एक लाख ९२ हजारभन्दा बढी पुगेको छ । त्‍यस्तै संक्रमितको संख्‍या करिब २७ लाख ३८ हजार पुग्‍दा निको हुनेको संख्‍या ७ लाख ५२ हजार रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*