कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, अमेरिकामा मात्रै ५३ हजारको मृत्यु

बाग्मती खबर
१४ बैशाख २०७७, आईतवार ०८:२६

एजेन्सी:-विश्व महामारी कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख २ हजार ४५५ पुगेको छ। त्यस्तै २८ लाख ९२ हजार ५०८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।

यस्तै विश्वभर ८ लाख १५ हजार ६५८ निको भएर घर फर्किसकेका छन्।

मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। अमेरिकामा मात्र ५३ हजार ५११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जनामा संक्रमण पुष्टि भइसकेको छ। हालसम्म संक्रमितमध्ये करिब १ लाख निको भएका छन्।

यसैगरी स्पेनमा २ लाख २३ हजार ७५९ लाई कोरोना संक्रमण हुँदा २२ हजार ९०२ ले ज्यान गुमाएका छन्। त्यस्तै ९५ हजार ७०८ जना निको भएका छन्।

यूरोपियन मुलुकमध्ये इटालीमा सबभन्दा बढीको ज्यान गएको छ। हालसम्म इटालीमा     २६ हजार ३८४ ले ज्यान गुमाएका हुन्। त्यस्तै १ लाख ९५ हजार ३५१ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ६३ हजार १२० निको भएर घर फर्किएका छन्।

पछिल्लो पटक रुसमा संक्रमण तीव्र देखिएको छ। तर मृत्युदर भने कम देखिएको छ। हालसम्म ७४ हजार ५८८ मा संक्रमण पुष्टि भइसक्दा ६८१ ले ज्यान गुमाएका छन्।

त्यस्तै छिमेकी मुलुक भारतमा मृत्यु हुनेको संख्या ८२५ पुगेको छ। २६ हजार २८३ मा संक्रमण पुष्टि हुँदा ५ हजार ९३९ भने निको भइसकेका छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*