एकै परिवारका तीनको मृत्यु

दमौली : निर्मलनगर निवासी ३४ वर्षीया रबिना श्रेष्ठसँगै छोरी ११ वर्षीया प्रिया र छोरा १५ वर्षका बिपिन मृत भेटिएका छन्।
छोरा बिपिन मृत भेटिएको दुई दिनपछि उनकी आमा र बहिनी शनिबार मृत भेटिएका हुन्। शारीरिक रुपमा अशक्त विपिन घरमा एक्लै थिए। घाँटीमा दाग भेटिएका उनी मृत भेटिएका थिए। केही अघि छिमेकीले बिरामी अवस्थामा एक्लै भेटेकामा उनको केही समयपछि ज्यान गएको थियो।
पिता भारतमा रोजगारीमा रहेका र आमा तथा बहिनीसँग बस्दै आएका बिपिन पूर्णरुपमा तथा उनकी बहिनी प्रिया पनि शारीरिक रुपमा अशक्त थिए।
अकस्मात छोरालाई एक्लै छाडेर छोरीसँग बेपत्ता प्रियाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ। घरमा मोबाइल र गरगहना सबै भएको र छोरीसँग १० गतेबाट नै बेपत्ता भएकाले घटना शंकास्पद ठानिए पनि प्रहरीले अहिल्यै घटनाबारे निक्र्यौल गर्न नसकिने बताएको छ।
घरको बाहिरको च्यानल गेट लगाएकै अवस्थामा पछाडिको ढोकाबाट आमा छोरी बाहिरिएको घटनास्थलको मुचुल्काले देखिएको प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले बताए। ‘गरगहना र मोबाइल सबै घरमा नै भेटियो,’ उनले भने, ‘आमा छोरी पछाडिको ढोकाबाट निस्केको देखिन्छ।’