आज पनि हावा हुरी सहित वर्षा हुने

काठमान्डौ:-मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको जानकारी दिएको छ ।महाशाखाले आइतबार जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार हाल देशमा पश्चिमी, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव रहेको छ ।यसैगरी, हाल देशको केहि स्थानहरुमा सामान्य बदली भई वर्षा भइरहेको छ्र
आइतबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमानमा उल्लेख गरेको छ ।