नेकपा भित्रको समस्या समाधानका लागि ओली- नेपालको वैठक,जुट्न सकेन सहमति

काठमाडौँ :— पछिल्लो समय नेकपा भित्र समस्या पर्न थालेपछि आज नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल विच वहुचर्चित वैठक भएपनि सहमति भने जुट्न सकेको छैन । अत्याधिक महत्वका साथ हेरिएको प्रधानमन्त्री ओली र नेकपा वरिष्ठ नेता नेपालसमूहका नेताहरुबीच छलफल सकिएको छ । कोटेश्वरस्थित एक सरकारी भवनमा करिब तीन घण्टा बसेको बैठकमा कुनै सहमति भने जुट्न सकेन ।बालुवाटारमा बिहान प्रधानमन्त्री ओली र नेता नेपालको वान टु वान वार्ता सकिएलगत्तै नेपालसहितका नेताहरु दोस्रो वर्तामा बसेका थिए।
बैठकमा नेता नेपालले एक व्यक्ति, एक पदको नीति दृढतापूर्वक लागु गर्ने अडान लिएपछि कुनै समहति जुट्न नसकेको हो।राजनीतिक र शक्तिबाँडफाँडका विषयमा कुनै सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।अध्यादेश प्रकरणपछि पार्टीभित्र अफट्यारोमा परेका प्रधानमन्त्री ओलीले नेता नेपाल समूहलाई फकाउने कोशिस गरेका थिए । त्यसका लागि ठोस प्रस्ताव ल्याउन नेपाल समूहको माग थियो । आजको छलफलमा ‘पावरसियरिङ्’मा सहमति नजुटेको एक नेताले बताए ।
तर, सचिवालय बैठक बस्ने विषयमा भने दुवै समूहका नेताबीच अनौपचारिक सहमति भएको छ ।बैठकमा सहभागी नेपाल समूहका नेता रघुजी पन्तले मंगलबार सचिवालय बैठक बस्ने सहमति भएको बताएका छन्। उनका अनुसार मंगलबार बस्ने सचिवालय बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ।
‘सरकारका र पार्टीका कामको विना पूर्वाग्रह समीक्षा गर्नुपर्छ र यो समस्याको निकास हामीले खोज्नु पर्छ। निकास पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा उहाँ “ओली”ले दिने हो। गतिरोध टुंग्याउने ढंगले निकास दिनुपर्छ भन्ने कुरा भयो,’ पन्तले भने।
छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए। नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए।
‘उहाँहरुले कहाँ गल्ती कमजोरी छन्, खोजौं र मिलौं भन्नु भयो। हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य हो। त्यही कारण बैठक माग गरेका हौं। जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,’ छलफलमा सहभागी नेता भीम रावलले भने, ‘भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं।’यसै विच मंगलवार नेकपाको सचिवालय वैठक वस्ने भएको छ ।
का मुख्यमन्त्री शंकर पोखरेल, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली थिए। नेपालका तर्फबाट नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त सहभागी थिए।
‘उहाँहरुले कहाँ गल्ती कमजोरी छन्, खोजौं र मिलौं भन्नु भयो। हामीले पनि गल्ती कमजोरी हटाउने, पार्टीलाई एकताबद्ध गर्ने उद्देश्य हो। त्यही कारण बैठक माग गरेका हौं। जे जे गर्नुपर्छ बैठकमै गरौं भन्यौं,’ छलफलमा सहभागी नेता भीम रावलले भने, ‘भोली नै सचिवालयको बैठक र पर्सी स्थायी कमिटी बैठक गरौं। त्यहाँ खुलस्त छलफल गरौं। त्यही निष्कर्ष निकालौं।’यसै विच मंगलवार नेकपाको सचिवालय वैठक वस्ने भएको छ ।