मउवा संघका प्रवक्ताको पसलमै कम तौलको चामल विक्री

सोना चामल ११ सयवाट कृतिम मुल्यवृद्धि गर्दे १४ सयमा बिक्री , प्रशासन मौन
बाग्मती खबर
१८ बैशाख २०७७, बिहीबार १३:४५

हेटौंडा:- कोरोनाको त्रासले जनता घरमानै वसेको र मुलुकनै संकटमा परेको वेला व्यापारीहरु भने कम तौल तथा वढी मुल्यमा सामान विक्री गर्न थालेका छन् । यस्तो कार्यमा सम्पुर्ण व्यापारीहरुको संगठन मकवानपुर उधोग वाणिज्य संघका जिम्मेवार पदाधिकारीहरुनै लागेको पाइएको छ ।
कोरोना महामारीमा जनता त्रसित भइरहेको वेला यस अगाडि ११सयमा पाइने सोना चामलको कृतिम मुल्य वृद्धिगर्दे व्यापारीहरुले १४ सयमा चामल विक्री वितरण गर्दे आएका छन् भने तौल पनि कम गर्दे उपभोक्ता ठग्ने गरेको पाइएको छ । यस कार्यमा संलग्न रहेको आरोपमा मकवानपुर उधोग वाणिज्य संघका सचिव एव प्रवक्ता काव्यमणि अधिकारीले संचालन गर्ने मणि खाध्यान्न सेन्टरमा आज उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष बासु खतिवडा लगायतका टोलीले अनुगमन गर्दा कम तौल तथा वढी मुल्य पाइएपछि सो सेन्टरमा सिल लगाएको हो । जगत ब्राण्डको २५ केजीको चामलको बोरा जोखेर हेर्दा सो बोरामा आधा किलोसम्म तौल कम भएको पाइएको थियो । अनुगमन टोलीले ६ वटा बोरामा नमूना तौल गरेको थियो । ६ वटै बोरामा आधा किलोसम्म तौल कम भेटिएकाले टोलीले शिल लगाएको उपभोक्ता हित संरक्षण मन्च मकवानपुरका अध्यक्ष बासु प्रसाद खतिवडाले वताउनुभयो ।

तौल कम भेटिएपछि सो सेन्टरमा सिल गर्ने तयारी अनुगमन समितिको थियो । तर, प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पसलमा शिल गरेको एक घण्टा सम्म पनि आफुलाई जानकारी नआएको भनेर टार्न खोज्नु भएको छ । मकवानपुर उद्योग बाणिज्य संघका सचिव समेत रहेका सो सेन्टरका संचालक काब्यमणि अधिकारीले मुसाले बोरा खाएपछि पुनः सिलाई गरिएको बयान टोलीलाई दिएका थिए । मकवानपुरका सीडीओ नेपालले नै सिल लगाउन रोकेपछि अनुगमन टोली निरीह भयो, तै पनि ५ वटा गोदाम मध्ये एउटा गोदाममा सिल गरियो । उनको हेटौडा ५ मा पनि खाध्यान्न गोदाम रहेको छ ।
यस अगाडि पनि यस्तै संकटको समयमा अधिकारीले उपभोक्ता माथी लुट मच्चउदै आएको स्वयम व्यापारीहरुनै वताउछन् । यस अगाडिको महाभुकम्पमा पनि उनी आफै खाध्यान्न व्यवसायी संघको पदाधिकारी रहेको र रातारात मुल्य वडाउने गरेका थिए भने यस पटक पनि मउवासंघको पदाधिकारी भएको नाममा उनकै पहलमा ११ सयको सोना मन्सुली चामलको मुल्य वृद्धि १४ सय लिदै आएका छन् । यसरी दिन दहाडै उपभोक्ता ठग्ने कार्यमा सहभागि हुदा पनि प्रशासन भने यस अगाडि सम्म मौन वस्दै आएको थियो । लक डाउनको एक दिन अगाडि मउवा संधको पहलमा निकालिएको मुल्य सुचिमा सोना चामलको मुल्य ११ सय कायम राखिएको थियो भने मकवानपुर जिल्लामा २ महिना लाइ पुग्ने खाध्यान्न रहेको र मुल्य वृद्धि नहुने वताइएको थियो ।
यसै विच खाध्यान्नको नाममा आफुले विक्री गर्ने दाला चामलको मात्र विक्री गरिएको र चाउचाउ तथा दालमोठ जस्ता तयारी खाध्यान्न विक्रीमा पनि काव्यमणि अधिकारीको पहलमा विक्री वितरण असहज वनाइएको स्वयम डिलर व्यवसायीहरुको नै आरोप रहेको छ ।यसरी दिन दहाडै खुलेआम लुट मच्चाउदा पनि मकवानपुर प्रशासन मौन रहनुलाइ अर्थपुर्ण रुपमा लिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*