बेवारिसे वम विष्फोटमा ४ बालवालिकाको मृत्यु

काठमाडौं :- माओवादी जनआन्दोलनको उद्ग्गम स्थल रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।
प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । वेवारिसे वम वालवालिकाहरुले खेलाउने क्रममा विष्फोटन भएको वताइएको छ ।