वहुप्रतिक्षित नेकपा सचिवालय बैठक सम्पन्न
उपयुक्त समयमा बामदेवलाइ प्रतिनिधी सभामा लैजाने

काठमान्डौ:- सत्तारुढ नेकपाको वहुप्रतिक्षित सचिवालय वैठक भरखरै सम्पन्न भएको छ । वैठकले यही वैशाख २५ गते स्थाई कमिटिको वैठक वस्ने निर्णय गरेको नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले वताउनु भयो ।
वैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाइ उपयुक्त समयमा प्रतिनिधी सभामा लैजाने विषयमा पनि निर्णय गरेको छ भने (नेकपा०को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । साथै विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनासंग लड्न सरकारलाइ सहयोग गर्ने निणय पनि भएको प्रवक्ता श्रेष्ठले वताउनु भयो । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।