बाग्मती प्रदेशको प्रदेश सभाको वैठक डाक्ने तयारी

हेटौडा:- बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेस सभा भवनको निरीक्षण गर्नुभएको छ ।आइतबार प्रदेशको राजधानी हेटौंडा १० मा रहेको प्रदेश सभा भवनमा सभा संचालनका लागि भवनको अवलोकन गर्नुभएको हो । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेल र सभामुख सानुकुमार श्रेष्ठ बीच भौतीक दुरी कायम गरेर बैठक संचालन गर्ने बिषयमा छलफल भएको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था गरिने सभामुख श्रेष्ठले जानकारी गराउनुभयो । बजेट ल्याउने समय भएकोले प्रदेश सभा आव्हान गर्न जरुरी रहेकोले संसद बोलाउने तयारी स्वरुप भवनको निरीक्षण गरिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । सभामुख श्रेष्ठले जेठको पहिलो हप्तासम्म प्रदेश सभा बोलाउने तयारी भइरहेको बताउनुभयो । नीति तथा कार्यक्रम र बजेट ल्याउने बिषयमा प्रदेश सरकारले छलफल गरिरहेको छ ।
मुख्यमन्त्री पौडेलसङ्ग आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया लगायत प्रदेश सभा भवन निरीक्षणमा जानुभएको थियो । यसै बीच वाग्मती प्रदेशको प्रदेश सभा वैठक तत्कालै वोलाउने विषयमा व्यापक आन्तरीक रुपमा छलफल भइ रहेको र यसै साता वा अर्को साता सम्म वोलाउने तयारी गरिएको छ । सोमवार कार्यव्यवस्था परामर्स समितिको वैठक वस्ने र यसले नै प्रदेश सभा वैठकको मिति तोक्ने मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जेएन थपलियाले वताउनु भयो ।