हेटौडा एफएम आजवाट १६ वर्षमा प्रवेश गरेको छ ।

हेटौडा:- हेटौडाको पहिलो व्यवसायिक एफएम आजवाट आफ्नो प्रशारणको सफलतापुर्वक १५ वर्ष पुरागरि १६ औ वर्षमा प्रवेश गरेको छ ।
जनआन्दोलन ६२,६३कोमा सडकवाटनै समाचार प्रशारण गर्दै जनतामाको मनमा वस्न सफल हेटौडा एफएम १हजार वाट क्षमतामा भैरवडाडावाट रिले प्रशारण हुदे आएको छ । जिल्लाको एकमात्र रिले प्रशारणको क्षमता रहेको हेटौडा एफएम समाचार तथा मनोरन्जनात्मक कार्यक्रम सहित हाल दैनिक २० घन्टा प्रशारण हुदै आएको छ । प्रत्येक आधा आधा घन्टामा समाचार १०० सेकेन्ड प्रशारण गर्दै आएको हेटौडा एफएम जनआन्दोलन, संविधान सभाको निर्वाचन एव महाभुकम्पमा प्रशारणको माध्यमले समाजमा गरेको उच्चतम कार्यको मकवानपुरे जनताले सरहाना गरेका छन् ।
महाभुकम्पका समयमा त्रिपालमुनी वसेर काम गरेको र जनतामा सुचना पुर्याउन लागि रहेको समय अहिले पनि हामीलाइ सम्झना आउछ ,यस्तै समस्याको समयमा काम गरेका कारण आजपनि हेटौडा एफएम अग्रणी प्रशारण संस्थाको रुपमा रहेको छ ,हेटौडा एफ एमका प्रवन्ध निर्देशक उज्वल चौलागाई वताउनु हुन्छ ।
यस वर्ष महाविपत्तीको समय भएको कारण कुनै पनि कार्यक्रम गर्न सकिएन , तर जनताको मनमा वस्ने कार्यक्रमलाइ प्राथमिकता दिने छौ , प्रवन्ध निर्देशक चौलागांइले वताउनु भयो ।
०६१ सालमा स्थापना भएको हेटौडा एफएम आज सम्म पनि निरन्तर र निश्पक्ष समाचारको लागि जिल्लामा प्रख्यात रहेको छ । हालैमात्र शेयरकाष्ट यिनीसियटिभ्सले देश व्यापी गरेको श्रोता सर्वेक्षणमा देशमै सवैभन्दा वढी श्रोता संख्या रहेको एफएम पनि हेटौडा एफएमलाइ नै मान्दै आएको छ ।