नेकपा स्थाई कमिटीको वैठक अनिश्चित रुपमा स्थगन

काठमाडौं:- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को स्थायी कमिटीको बैठक अनिश्चित रुपमा स्थगित भएको छ। ।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २० गतेको निर्णयअनुसार सहमतिको प्रस्ताव तयार गर्न नसकेको जानकारी नेताहरुलाई गराएका छन् ।
त्यसैले बैठकको कार्यसूची वा बैठकबारे नै के गर्ने भन्ने निर्णय दुई अध्यक्षले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
सचिवालय बैठक चलिरहेका बेला प्रधानमन्त्री एवं अध्यक्ष ओली भने आराम गर्न भन्दै निस्किएका थिए ।सोही कारण आजको सचिवालयको वैठक समेत अनिश्चत भएको छ ।