वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका

बाग्मती खबर
२४ बैशाख २०७७, बुधबार १८:३७

वीरगन्ज :- वीरगन्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको खुलेको छ।

वीरगन्ज महानगरपालिकाले थपिएका १७ जना संक्रमित सबै एउटै परिवारको रहेको जानकारी दिएको छ । थपिएका सबै संक्रमित वैशाख १४ गते संक्रमण देखिएका पुरुषका परिवार हुन्। ती पुरुष महानगरका कर्मचारी पनि हुन्।

वैशाक १४ गते महानगरपालिका ३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएपछि उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*