कोराना भाइरस फेरि २ जना थपिए कोरोना संक्रमित, संक्रमितको संख्या १०१

बाग्मती खबर
२५ बैशाख २०७७, बिहीबार २१:०९

काठमाडौँ:- नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०० जना नाघेको छ । बिहीबार थप दुई नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कपिलबस्तुका १३ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अवस्था सामँन्य रहेको छ ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*