सुवास नेम्वाङको चेतावनी– ओलीलाई हटाउन खोजिए एकता भंग हुन्छ

‘महाधिवेशअघि ओली वा प्रचण्डलाई बहुमतले अध्यक्षबाट हटाउन सक्दैन’
बाग्मती खबर
२५ बैशाख २०७७, बिहीबार २१:२६

काठमाडौं :- पार्टी कार्यालय धुम्बाराहीमा नेकपाका केही स्थायी कमिटी सदस्यहरु बैठक माग गर्दै अलग्गै भेलामा जुटेका बेला स्थायी कमिटीकै एक प्रभावशाली सदस्य सुवास नेम्वाङ भने संसदीय दलको कार्यालयमा बसेर बैठकको औचित्य र आवश्यकता नरहेको बताउँदै थिए ।

नेकपा संसदीय दलका उपनेता नेम्वाङ प्रधानमन्त्री केपी ओलीको ‘किचन क्याबिनेट’का सदस्य मानिन्छन् । प्रायः हरेक दिन प्रधानमन्त्रीसँग भेट्ने थोरैमध्येका एक नेता उनी अध्यादेशको भने विपक्षमा थिए । उनले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिनसमेत सुझाव दिएका थिए ।

त्यही अध्यादेशकै कारण चर्किएको विवादले गर्दा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र राजीनामा नदिए दुवै पदबाट हटाउने चेतावनी स्थायी कमिटीका केही नेताहरुले दिइरहेकै बेला नेम्वाङले भने नेकपाका दुवै अध्यक्षलाई महाधिवेशनअघि कुनै पनि बहुमतले हटाउन नसक्ने दाबी गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले भने, नेपाल कम्युनिस्ट पार्टीका एकता टुंगिएको छैन । महाधिवेशनभन्दा अघि केपी ओली वा प्रचण्ड कुनै पनि एक अध्यक्षलाई हटाउने वा राजीनामा माग्ने कुराले पार्टी एकता भंग हुन्छ र कुनै पनि बहुमतको नाममा अध्यक्ष हटाउनै मिल्दैन ।

चाहे प्रचण्डको राजीनामा माग्नुस्, चाहे केपी ओलीको राजीनामा माग्नुस् । त्यसको अर्थ के हुन्छ रु पार्टीको एकता नचाहेको हुन्छ
दुबै संविधानसभाका अध्यक्षसमेत रहीसकेका नेम्वाङले जनताको जनादेशबाट निर्वाचित प्रधानमन्त्रीको राजिनामा मागेर अस्थिरताको बिउ रोप्ने कार्य स्वीकार्य नहुने भन्दै महाधिवेशन र अर्को निर्वाचनबाट ओली दुवै पदमा पुनः नदोहोरिने दावी समेत गरे ।

उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले प्रष्टरुपमा, प्रष्ट शब्दमा भनिराख्नुभएको छ,म एउटै कक्ष दोहोर्‍याइराख्ने व्यक्ति होइन । अर्थात महाधिवेशनपछि महाधिवेशनपछि फेरि अध्यक्ष हुने कुनै चाहना छैन ।

फेरि प्रधानन्त्री हुने पनि चाहना छैन । यस्तो अवस्थामा जनताको जनादेश विपरीत, जनता र कार्यकर्ताका चाहना विपरीत प्रश्न उठ्ने ढंगले यस्ता काममा हामी किन लाग्ने रु

प्रस्तुत छ, नेकपा संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य नेम्वाङसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश ।

प्रधानमन्त्रीको राजीनामा मागेर एक व्यक्ति एक पदको निर्णय गर्न लागेपछि स्थायी कमिटी बैठक नै स्थगित गरेर तपाईंहरु संसदतिर केन्द्रित हुनुभएको हो रु

लोकतन्त्रमा उठेका विषयहरुलाई छलफल गर्ने र त्यसलाई उपयुक्त ढंगले निष्कर्षमा पुर्‍याउने काम गर्नुपर्छ भन्नेमा विवाद छैन । तर, जहाँसम्म अहिलेको स्थायी कमिटीको सन्दर्भ आएको छ, यो कुरा उठ्दादेखि नै छलफलहरु भइरहेका पनि छन् । स्थायी कमिटीका साथीहरुले औपचारिक अनौपचारिकरुपमा आफ्ना कुराहरु नेतृत्वसमक्ष राखिरहनुभएको छ ।

यही सन्दर्भमा सचिवालयले स्थायी कमिटीको बैठक बोलाउने निर्णय गर्‍यो । पछिल्लो समय यसबारे छलफल गर्ने क्रममा त्यही सचिवालयले सर्वसम्मतिले स्थायी कमिटीको बैठक स्थगित गर्ने निर्णय गरेको छ । त्यसैले यसलाई अन्यथा लिनुपर्छ भन्ने मलाई लाग्दैन ।

तपाईले सर्वसम्मतिले स्थायी कमिटी बैठक स्थगित भएको भन्नुभयो, तर सचिवालय बैठकमा त त्यस्तो भएन भनिन्छ, प्रधानमन्त्रीले बैठक छल्न खोजेकाले सचिवालय अनिर्णित भएको होइन र?

त्यो निर्णय सर्वसम्मत हो । सचिवालयको बैठक अन्तिमतिर पुग्दा प्रधानमन्त्रीले म एकछिन आराम गर्छु तपाई बैठक चलाउनुस् भनेर कार्यकारी अध्यक्षलाई जिम्मा लगाउनुभयो । त्यसरी कार्यकारी अध्यक्षले बैठक चलाउने प्रचलन छ । त्यही चलनअनुसार उहाँले बैठक निरन्तर गर्नुभयो, त्यही बैठकमा सबैले आ–आफ्ना कुराहरु राखे ।अनलाइन खवरवाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*