नेपालगंजमा थप १ जनामा कोरोना संक्रमण

बाग्मती खबर
२६ बैशाख २०७७, शुक्रबार १९:३५

नेपालगंज:- नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा एक जनामा भाइरसको संक्रमण पुष्टि भएको हो ।

१६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

हालसम्म प्रदेश १ मा ३१ जना, प्रदेश दुईमा ३०, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा २७ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा हालसम्म कोरोनाभाइरस संक्रमित फेला परेका छैनन् ।

यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*