कोरोना अपडेट : २ लाख ६९ हजार बढीको मृत्यु, कुन देशमा कस्तो असर ?

आजको पत्रपत्रिका
बाग्मती खबर
२७ बैशाख २०७७, शनिबार ०७:१७

काठमाडौं :- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण ३८ लाख २३ हजार ५ सय ३८ जना संक्रमित भइसकेका छन् ।

यस्तै २ लाख ६९ हजार ४ सय ४९ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट सुरु भएको यो महामारीको असर पछिल्लो समय युरोपमा बढी देखिएको छ । सिंगो देशको रुपमा सबैभन्दा धेरै असर अमेरिकामाथि परेको छ । जहाँ हालसम्म ७५ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको छ । यस्तै १२ लाख ५४ हजार ७ सय २६ जना संक्रमित भएका छन् ।

युकेमा पनि कोरोनाभाइरसको असर बढी नै देखिएको छ । प्रारम्भिक चरणमा नियन्त्रणमै रहे पनि युकेमा पछिल्लो समय यसको असर तीव्र रुपमा देखिएको छ । जहाँ मृत्यु हुनेको संख्या ३० हजार ६ सय १५ पुगेको छ । यस्तै २ लाख ६ हजार ७ सय १५ जना संक्रमित छन् ।

इटलीमा २९ हजार ९ सय ५८ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या २ लाख १५ हजार ८ सय ५८ पुगेको छ । स्पेनमा २६ हजार भन्दा धेरेको मृत्यु भएको छ । फ्रान्समा २५ हजार ९ सय भन्दा धेरै, ब्राजिलमा ९ हजार भन्दा धेरैको मृत्यु भएको छ । बेल्जियममा पनि मृत्युको संख्या ह्वात्तै बढेको छ । जहाँ ८ हजार ४ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

यस्तै जर्मनीमा १ लाख ६९ हजार ९ सय १ जना संक्रमित हुनुका साथै ७ हजार ४ सय भन्दा धेरेको मृत्यु भएको छ । पछिल्लो समय रुस, इरान, भारतमा पनि मृत्यु र संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । प्रारम्भिक चरणमा संक्रमणलाई नियन्त्रणमा राख्न सफल भए पनि यी देशमा पछिल्लो केही सातादेखि संक्रमण ह्वात्तै फैलिएको हो । साथै मृत्युको संख्या पनि तुलनात्मक रुपमा बढ्न थालेको छ ।

जसमध्ये इरानमा १ लाख ४ हजार ६ सय ९१ संक्रमित छन् । साथै ६ हजार ५ सय ४१ को मृत्यु भएको छ । रुसमा भने १ लाख ८७ हजार ८ सय ५९ जना संक्रमित भइसकेका छन् । र १ हजार ७ सय २३ को मृत्यु भयो ।

भारतमा ५९ हजार ६ सय ४२ संक्रमित भएका छन् । मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगिसकेको छ । यी देशमा पछिल्लो एक महिनायता अधिकांश नयाँ संक्रमित थपिएका हुन् । एक महिना अघिसम्म अमेरिका, स्पेन, इटलीमा संक्रमण फैलने क्रम जति तिव्र थियो, पछिल्लो समय ती देशमा संक्रमण फैलावटको प्रकेति फेरिएको विज्ञहरुले बताएका छन् । बरु भारत, रुस, ब्राजिल, इरान जस्ता देशमा संक्रमण फैलने क्रम तिव्र भएको बताइएको छ ।

आजको अन्नपुर्ण पोष्टमा खवर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*