उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, संक्रमित १ सय १० पुग्यो

काठमाडौं :- नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १सय १० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा मा ४३ वर्षिय महिलालाइ कोरोना संक्रमण पुष्टी भएसंगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १सय १० पुगेको हो ।
उदयपुरको भुल्केमा मात्र यस संगै कोरोना संक्रमितको संख्या ३२ पुगेको स्वाथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित सवैको विराटनगरमा उपचार भइरहेको छ ।