नेपाली भूमी अतिक्रमण विरुद्ध कमल थापाको विरोध

काठमाडौं :- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतको मिचाहा प्रवृत्तिविरुद्ध संयुक्त राष्ट्रसंघमा आवाज उठाउनुपर्ने बताएका छन्।
लिपुलेकमा नेपालीभूमी अतिक्रमण गरेर भारतले बाटो बनाएकोप्रति विरोध जनाउँदै थापाले यस्तो बताएका हुन्। उनले भारतको मिचाहा प्रवृत्तिविरुद्ध सरकारले सार्वजनिक गरेको विज्ञप्ति सहि भएको उल्लेख गर्दै यस्तो माग गरेका हुन्। उनले ट्वीटरमार्फत यस विषयमा भारतीय राजदूतलाई बोलाएर विरोध जनाउनसमेत माग गरेका छन्।
पाली भूमि अतिक्रमण गरेर बाटो बनाउने भारतीय मिचाहा प्रवृत्तिविरुद्ध सरकारको वक्तव्य सहि छ’, थापाले ट्वीटमा लेखेका छन, ‘सो भावना अनुरुप भारत सरकारलाई विरोधपत्र पठाउन, भारतीय राजदूतलाई बोलाई विरोध जनाउन र राष्ट्रिय सहमति कायम गरेर राष्ट्रसंघमा आवाज उठाउनेलगायत अन्य कदम चाल्न सरकारसंग आग्रह गर्दछु।’