कोरोना त्रास हटाउन ट्रम्पले ह्वाइटहाउसमा बोलाए हिन्दू पुजारी, संस्कृतमा गरियो पूजापाठ

बाग्मती खबर
२८ बैशाख २०७७, आईतवार ०८:२६

काठमाडौं :- अमेरिकामा कोभीड–१९ महामारी फैलिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दू पुजारी बोलाएर शान्ति, सुरक्षा र भलाईका लागि शान्ति पाठ गराएका छन् । नेशनल डे अफ प्रेयर सर्भिसका अवसरमा पुजारी हरिश ब्रम्हभट्टले शान्ति पाठ गरेका हुन् । ब्रम्हभट्ट न्यु जर्सींस्थित स्वामी नारायण मन्दिरका पुजारी हुन् ।

‘कोभीड १९ को यो समस्याग्रस्त घडी, सामाजिक दूरी र लकडाउनको अवस्थामा मानिसले अशान्त वा त्रास महसुस गर्नु अस्वभाविक होइन । शान्ति पाठ धन, सफलता, प्रसिद्धी वा स्वर्गका लागि गरिने प्रार्थना होइन,’ ब्रम्हभट्टले भने,‘यो शान्तिका लागि सुन्दर हिन्दू प्रार्थना हो । यो यजुर्वेदबाट आएको प्रार्थना हो ।’ उनले सुरुमा संस्कृतमा पाठ गरेपछि त्यसैलाई अंग्रेजीमा अनुवाद गरेका थिए ।

‘ स्वर्गमा शान्ती होस् । आकाश र पृथ्वीमा शान्ति होस् । पानीमा शान्ति होस् । वनस्पती र रुखमा शान्ति होस् । ब्रम्ह र सबैमा शानित होस् र हामीले त्यो शान्ति महसुस गरौं । ओम शान्ति, शान्ति, शान्ति,’ ब्रम्हभट्टले भने । शान्ति पाठपछि ट्रम्पले ब्रम्हभट्टलाई धन्यवाद दिए । नेशनल डे अफ प्रेयर सर्भिसमा बोल्दै राष्ट्रपतिले कोरोनाविरुद्धको डरलाग्दो र भीषण लडाँइ अमेरिकाले गरिरहेको बताए ।

थ्भतष् म्ष्ष्कतष्ििभचथ
लष्अ बकष्ब
‘इतिहासदेखि नै चुनौतीको घडीमा हाम्रा जनताले सधैं आस्थाको उपहार खोजेका छन्, हाम्रो विश्वासको आर्शिवाद, प्रार्थनाको शक्ति र भगवान्को भित्री सुन्दरता । म सबै अमेरिकीहरुलई अध्यात्ममा आफ्नो हृदय र आवाज जोड्न भन्छु र हामी शक्ति र उद्धारका लागि स्वर्गका हाम्रा भगवान्लाई अनुरोध गर्छौ ,’ उनले भने ।

प्रथम महिला मेलानिया ट्रम्पले कोभीड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति सहानूभूति प्रकट गरिन् । न्यु जर्सीको रोब्बिन्सभिल्लीस्थित स्वाभिनारायण मन्दिरका पुजारीले ह्वाइटहाउसमा भएको प्रार्थनामा मन्त्रोच्चारण गरेको यो सायद पहिलोपटक हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*