पूर्वपतिले बलात्कार गरेकाे भन्दै महिलाले दिइन् उजुरी

बाग्मती खबर
२९ बैशाख २०७७, सोमबार ०८:०२

सल्यान:- बहुविवाह बदर भएका सल्यानका एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय सल्यानमा बलात्कारको मुद्दा दर्ता भएको छ।

शारदा नगरपालिका–८ सिमखर्कका ३३ वर्षीय युवकले शनिबार स्थानीय रारे जंगलको नर्सरीमा लगेर आफूलाई बलात्कार गरेको भन्दै पूर्वपत्नीले जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दर्ता गराएकी हुन्।

बागचौरमा रहेको कुटानी पिसानी मिलबाट घरतर्फ फर्कंदै गर्दा कुटपिट गर्दै पूर्वपतिले आफूलाई जंगलमा लगेर बलात्कार गरेको भन्दै महिलाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।

‘अदालतको फैसलाले हामीलाई पतिपत्नी नमाने पनि मैलै तिमीलाई अझै पत्नी मानेको छु भन्दै म माथि जबर्जस्ती करणी भयो,’ महिलाले दिएको जाहेरीमा उल्लेख छ। उनीहरु दुबै बहुविवाहको सजाए भोगेर ०७६ वैशाखमा कारागारबाट छुटेका थिए । अदालतको फैसलाले उनीहरुको विवाह बदर भएको थियो ।

घटनापछि आरोपित युवक फरार रहेकाले खोजी कार्य जारी रहेको खतिवडाले बताए । ‘घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्यानमा गरिएको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*