मुख्यमन्त्री पौडेलको हाल सम्मकै कडा राजनैतिक प्रतिकृया

हेटौडा:- लामो समयदेखि राजनैतिक रुपमा मौन प्राय वस्दै आएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एकाएक राजनैतिक टिप्पणी गरेपछि राजनैतिक वृतमा चर्चा शुरु भएको छ ।
नेकपाको आन्तरीक राजनैतिक समस्या उत्पन्न भएपछि प्रधानमन्त्री एवं प्रदेशका केही मुख्यमन्त्रीहरुको पार्टी भित्रैवाट असहयोग तथा राजीनामा माग गर्ने सम्मको हरकत भएपछि लामो समयपछि मुख्यमन्त्री पौडेलले राजनैतिक रुपमा मुख खोलेका हुन् ।
हिजोका दिनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दौराको फेरो समाएर पद पाएकाहरुनै आज उनकै राजिनामा माग्न अगाडि सरेको आरोप लगाउनु भएको छ ।
नेपाल टेलिभिजनको कार्यक्रम परिसंवाद कार्यक्रममा वोल्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको यस्तो विषम् अवस्थामा राजिनामा माग गर्नु जन्ती जाने वेलामा शंख वजाए जस्तो वेमौसमी भएको उनको टिपणी छ ।
विहेमा शंख वजाए जस्तो, मलामी जानेवेलामा वाजा वजाए जस्तो वेमौसमी भएको र नेकपाको केही नेताहरु हात धोएर आफ्नै पार्टीको सरकार असफल वनाउन लागि परेको पनि पौडेलले वताउनु भएको छ । हामी सवै मिलेर सरकार वलियो वनाउनु पर्ने अवस्थामा सरकारलाइ असहयोग गर्न आफ्नै पार्टीका केही नेताहरु लागेको भन्दै यसलाइ परास्त गर्न लाग्नुपर्ने अवस्था आएको वताउनु भएको छ ।
लामो समयदेखि राजनैतिक रुपमा सकृय सालिन नेताको छवि वनाएका मुख्यमन्त्री पौडेलले यस अगाडि यसरी राजनैतिक रुपमा यसरी कडा प्रस्तुत भएका थिएनन् । पटक पटक आफुलाइ मुख्यमन्त्रीको पदमा असहयोग तथा स्थाइ राजधानी तोक्ने क्रममा पनि पार्टी भित्रको एक गुटले असहयोग गर्दा पनि मौन वसेका मुख्यमन्त्री पौडेलको यो भनाइलाइ अर्थपुर्ण रुपमा लिइएको छ ।
वागमती प्रदेश सरकार गठनको समयदेखि यसै प्रदेशका इन्चार्ज समेत रहेकी नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले खुलेआम रुपमा यस सरकारलाइ असहयोग गर्दे आएकी छिन् । वागमती प्रदेश सरकार गठनको समयमा हालका मुख्यमन्त्री पौडेल तथा नेतृ अष्टलक्ष्मी शाक्य दुवैजना संसदीय दलका नेताका रुपमा प्रतिष्पर्धी थिए भने शाक्य पार्टी भित्र पौडेल संग १० भोट अन्तरमा पराजित भएपछि मुख्यमन्त्रीको दौडमा पछि परेकी थिइन । तत्कालीन रुपमा हालका मुख्यमन्त्री पौडेलले ३४ भोट प्राप्त गर्दा शाक्यले भने २४ भोटमात्र पाएकी थिइन । पराजित भएपछि मुख्यमन्त्री वन्न नपाएको झोक फेर्ने क्रममा हालका मुख्यमन्त्री पौडेललाइ असहयोग गर्दे आएकी शाक्य माधव नेपाल गुटमा सक्रिए हुदै आएकी छन् ।