लकडाउनको ५० औं दिन : संक्रमणको जोखिमसँगै हेटौंडामा लापरवाही पनि बढ्दै, आजको लकडाउन १५ तस्बिरमा (फोटो फिचर)

के हेटौंडा पुर्ण रुपले कोरोना संक्रमणको जोखिम मुक्त भएकै हो त ?
बाग्मती खबर
३० बैशाख २०७७, मंगलवार ११:५२

हेटौंडा : विश्वभरी महामरीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिनका लागि नेपालभरी लकडाउन गरिएको आज ५० दिन भएको छ । लकडाउनको ५० औं दिनसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ ।

पछिल्ला केही दिनहरुमा कोरोना संक्रमितहरुको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ । जसका कारण नेपालमा कोरोना संक्रमणको जोखिम अझै बढ्नसक्ने अनुमान लगाउन सकिन्छ । संक्रमणको जोखिम बढ्दै गएपनि लापरवाहीहरु पनि दिनानुदिन बढ्दै गएको छ । सोमबार मात्र नेपालमा थप २४ जना नयाँ कोरोना संक्रमित देखा परेका छन् तर बाग्मती प्रदेशको राजधानी हेटौंडाबासीहरु भने निर्धक्क रुपमा बजारमा भिडभाड गर्दै हिडडुल गरिरहेका छन् । मंगलबार पनि हेटौंडा बजारमा सामान्य दिन जस्तै भिडभाड देखियो ।

सोमबार सप्तरीमा देखिएका एक कोरोना संक्रमित युवा चितबनबाट हेटौंडा हुँदै सप्तरीसम्म पुगेको भन्ने समेत खुलेको छ । तर लकडाउनको व्यवस्थापनका सम्बन्धित निकायहरु भने मौन जस्तै भएर बसेका देखिन्छन् । मानौं कोरोना आफैले भन्यो कि म हेटौंडामा आउँदिन । के हेटौंडा पुर्ण रुपले कोरोना संक्रमणको जोखिम मुक्त भएकै हो त ?

फोटो फिचर : जोन पहाडी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*