हेटौंडा- वीरगञ्ज अटो सञ्चालन, कतै हुँदैन प्रहरी जाँच

हेटौडा: प्रदेश २ कोरोनाको उच्च जोखिम भए संगै मकवानपुरको छिमेकी जिल्लाहरु बारा र पर्सा जिल्लामा संक्रमणको दर बढेको छ । तर उच्च जोखिमको अवस्थामा पनि हेटौंडाबाट रक्सौल सम्म विना रोकतोक सवारी साधन सञ्चालन भएको पाइएको छ ।
मंगलबार मात्र एक दर्जन अटो हेटौंडा हुँदै पथलैया, बरा पर्सा विरगंज हुदै रक्सौल पुगेर आएको बताएका छन् । यताबाट जान जती पनि मानिस पाइने र भाडा पनि भनेजती पाइने भएको कारण अटोहरु रक्सौल सम्म जाने र उताबाट आउँदा यात्रु बोकेर आउने गरेको पाइएको छ ।
विगत ३ दिनबट हेटौंडाका अटोहरु यसरी पैसा कमाउने तर्फ लागिरहेका छन् ।
। जाँदा तथा आउँदा कतै पनि चेक जाँच हुने गरेको छैन, यहाँका करिब एक दर्जन अटो यसैगरी दैनिक हेटौडा विरगंज तथा रक्सौल सम्म आउने जाने गरिरहेको एक अटो व्यवसायी बताउँछन् । जाँदा आउँदा नै कहि चेकजाँच नहुने भएको र अन्य समयभन्दा भाडा पनि ज्यादै पाइने भएको कारण यस प्रकारको कार्यमा लागेका पाइएको छ ।
यसो त भारतको रक्सौलवाट तथा पुर्वको विभिन्न क्षेत्रवाट निर्वाधरुपमा गाडीहरु आउने गरेको कारण पनि समस्या उत्पन्न भएको छ । यसले जोखिम बढाउँदै लगेको पाइन्छ । संक्रमित जिल्लाबट कुनै पनि खाद्यान्न तरकारी फलफुल ल्याउन बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भयो । “बुधबारबाट हेटौंडा तथा हेटौंडा छिर्ने नाकामा पनि कडार्इ गरिने छ” प्रजिअ नेपालले भन्नु भयो ।