बागमती प्रदेशको नाकामा यसरी भईरहेको छ कडाई(फोटो फिचर)

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा २ नम्बर प्रदेशबाट छिर्ने नाकामा कडाई गरिएको छ । बागमती प्रदेश सरकार र मकवानपुरको कमाण्ड पोष्टको निर्णयले नाकामा कडाई गर्ने निर्णय गरेको हो ।
उक्त निर्णय संगै प्रदेश २ बाट आउने सवारी साधन, पैदल यात्रुहरुलाई रोकिएको छ । मकवानपुरमा उद्योग, कलकारखाना र निर्माण क्षेत्रमा तराईका जिल्लाबाट कामदार ल्याउन रोक लगाइएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । यस्तै हेटौंडाको बसपार्कमा रहेको तरकारी बजार पनि बन्द गर्ने र बिहान खाद्यान्न पसल खोले पनि दिउँसो भने बन्द गरिने निर्णय भएको खुलाले बताए ।
बैठकले कोरोना संक्रमित भेटिएको मकवानपुरको छिमेकी जिल्लाहरु बारा, पर्सा, रौतहट, चितवनलगायतबाट तरकारी, फलफूल, मानिस, माछामासु, कामदार तथा श्रमिक पनि नल्याउने निर्णय भएको मकवानपुरका प्रमख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
फोटो फिचर :









