थप २४ जनामा कोरोना संक्रमण , २ सय ४३ संक्रमित

काठमाडौं :- नेपालमा दैनिक कोरोना संक्रमित थपिदै गएका छन् । आजमात्र थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।
कोरोना संक्रमितहरुमा रुपन्देहीमा १२, कपिलवस्तुमा ८,पर्सामा ३ तथा नवलपरासीमा १ समेत गर २४ जना थप कोरोनाको संक्रमित फेला परेको स्वथ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिगमा जनाइएको छ ।