भीमफेदी कारागारमा लफडा, गृहमन्त्रीलाई चिठी

हेटौंडा : क्षेत्रीय कारागार कार्यालय भीमफेदीमा जेलर र प्रशासन मिलेर दमन गरेको भन्दै कैदीहरुहरुले विरोध गरेका छन् । विरोध पछि केहि कैदीहरु अनसनमा बसेका छन् । दुई वटा ब्लकमा रहेका कैदीहरु मध्ये “क” ब्लकमा रहेका कैदी माथि दमन शोषण गरेको भन्दै अनसन बस्न सुरु गरेका हुन् ।
लामो समय देखि कैदीहरुलाई जेलर र प्रशासन मिलेर कारागारमा आउने खाद्यान्न, तरकारीहरुमा पनि कमिसन खाएको कैदीहरुलाई मानव अधिकार समेत उलङ्घन हुने गरि व्यवहार गरेको कारागार स्रोतले जनाएको छ । कैदीबन्दीहरुले नेपाल सरकारको गृहमन्त्रीलाई समेत चिठि लेखेका छन् । । यद्यपी उक्त चिठी अहिले सम्म गृह मन्त्रालय पुगे नपुगेको खबर नभएको स्रोतले बताएका हो ।
कैदीहरुले गृहमन्त्रीलाई लेखेका चिठी