दुईजना नेपाली सेनामा देखियो कोरोना

बाग्मती खबर
३ जेष्ठ २०७७, शनिबार १८:५२

काठमाडौं :- नेपाली सेनाका जवानमा पनि पहिलो पटक कोरोना संक्रमण भेटिएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुष नेपाली सेनाका जवान भएको खुलेको हो ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दुवै जना नेपाली सेनाको जवान भएको पुष्टि गरे । उनले भने, ‘संक्रमित दुवै जना मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत थिए । उनीहरु कहाँ कहाँ गएका थिए भन्ने विषय खोजी गर्ने कार्य भइरहेको छ ।’

यसअघि काठमाडौंमा दुई जना सशस्त्र प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । कपिलवस्तुमा पनि नेपाल प्रहरीका सई र हवल्दारसहित सशस्त्र प्रहरीका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*