भारतमा सांझ ७ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश

बाग्मती खबर
४ जेष्ठ २०७७, आईतवार २०:२०

एजेन्सी :- भारतमा जेठ १८ गते अर्थात मे ३१ सम्म लकडाउनको समयावधि लम्ब्याइएको छ । आइतबार भारतको केन्द्र सरकारले उक्त निर्णय गरेको हो । भारतमा यो लकडाउनको चौथो चरण हो ।

भारतीय गृहमन्त्रालयले लकडाउनको समयावधि लम्ब्याएसँगै मे ३१ सम्म आन्तारिक र बाहिरी उडानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । साथै मेट्रो रेलसेवा पनि बन्द गर्ने घोषणा गरिएको छ ।

त्यस्तै बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म निषेधाज्ञा समेत जारी गरिएको छ । भारतमा अहिलेसम्म २ हजार ७ सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार नाघेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*