थाहानगरका कोरोना संक्रमितको परिवारलाइ हेटौडा ल्याइयो

संक्रमति काठमान्डौमा चलाउथे वलेरो गाडी
बाग्मती खबर
७ जेष्ठ २०७७, बुधबार ०८:०१

हेटौडा:- मकवानपुरको थाहानगरका कोरोना संक्रमितका परिवारलाइ आज विहाननै हेटौडा अस्पतालमा ल्याइ परीक्षण गरि कर्रामा रहेको आइसोलेसनमा पठाउने तयारी गरिएको छ ।
थाहा नगर ११का २९ वर्षिय पुरुषलाइ कोरोना संक्रमित भएपछि उनको श्रीमति तथा २ छोरीहरुलाइ आज विहान ३ वजे हेटौडा अस्पतालको ज्वरो क्लिनिकमा परीक्षण गरि कर्रामा रहेको आइसोलेसनमा पठाउने तयारी गरेको हेटौडा अस्पतालका डा हरि खड्काले वताउनु भयो । उनीहरुको स्वाथ्य अवस्था सामान्य रहेको र कोरोना परीक्षणको लागि कर्रामा रहेको आइसोलेसनमा राख्ने तयारी गरिएको डा खड्काले वताउनु भयो ।
लकडाउनको समयमा थाहानगर ११ टिस्टुगको घरमा आएका उनी पेशाले सवारी चालकहुन् । काठमान्डौमै सानो वलेरो गाडी चलाउने उनी २७ गते काठमान्डौ फर्किको र डेरा वस्न्ो घर धनीले परीक्षणपछि मात्र कोठामा वस्न दिने भनेपछि २ गते स्वाव परीक्षण्को लागि टेकु गएका थिए । उनलाइ कोरोना देखिएपछि उनको ३ र ९ वर्षको २ जना छोरीहरु र श्रीमतिलाइ परीक्षणको लागि हेटौडा ल्याइएको तथा अन्य सम्पर्कमा रहेका गाउलेलाइ घरमै क्वारेन्टाइन्नमा राखिएको र परिवारको नतिजाको आधारमा थप निर्णय गरिने थाहा नगरका मेयर लवसेर विष्टले वताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*