असुरक्षीत रुपमा भैरवरोडमा शुरुभयो अधोषित तरकारीको हाटबजार

दैनिक असुरक्षित रुपमा बिक्री हुन्छ तरकारी
बाग्मती खबर
७ जेष्ठ २०७७, बुधबार २१:३१

हेटौडा:- कोरोनाको कारण असुरक्षा भएपछि हेटौडा ४ मा रहेको खोपेगल्ली तथा बसपार्कमा रहेको तरकारीको खुद्रा तथा होलसेल पसल बन्द गरेपछि अहिले व्यापारीहरुले अनाधिकृत रुपमा हेटौडा भैरवरोडमा जम्मा भइ तरकारी बेच्न थालेका छन् ।

तरकारी बेच्नलाई कमान्डपोष्टले प्रष्ट निर्देशन दिएपनि यहाँका व्यापारीहरुले चलाखीका साथ भैरवरोडको मस्जिद अगाडि तरकारीको अधोषित हाटबजार नै शुरु गरेको पाइएको छ ।

यहाँ दैनिक रुपमा ४, ५ गाडि तरकारी विभिन्न क्षेत्रवाट र भारतवाट तरभुजा समेत आउने गरेका स्थानीय व्यक्तिहरु बताउछन् । कोरोना संक्रमणको त्रासको कारण व्यापारीहरुलाइ खोपेगल्ली तथा बसपार्क बन्द गरिए पनि यहाँ बसपार्क भन्दा बढी भिड दैनिक रुपमा लाग्ने गरेको पाइन्छ । केही दिन अगाडिसम्म तरभुजामात्र विक्री गर्ने गरेको भएपनि अहिले मौकाको फाइदा उठाउने क्रममा व्यापारीहरु यहाँ जम्मा भइ होलसेल तथा खुद्रा व्यापार सुरु गरेपछि यस क्षेत्रमा संक्रमणको त्रास बढ्न थालेको छ ।

यस क्षेत्रमा अधिकांश तराई क्षेत्रका व्यापारीहरु जम्माभइ हाटबजार जस्तो रुपमा व्यापार शुरु गरिएको पाईए पनि कमान्डपोष्टलाइ भने यस बारेमा जानकारी नभएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भयो । तरकारी बजार कहाराख्ने हो नगरले निर्णय गर्नु पर्छ यस विषयमा नगरप्रमुखलाइ सोध्नु होला प्रजिअ नेपालले भन्नु भयो ।

यस सम्वन्धमा हेटौडा उप महानगरपालिका मेयर हरिवहादुर महतले भने यस्को बारेमा थाहा नभएको र यस्तो भएमा तत्काल बन्द गराइने बताउनु भयो । यस अगाडि खरभुजा आफुले उठाएको र तरकारी पनि यसरी अनाधिकृत रुपमा विक्री वितरण गरिएको पाईए बन्द गरिने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*