आज एकैदिन २७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५४ पुग्यो

काठमाडौं : नेपालमा आज एकैदिन २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज पुष्टि भएका थप २७ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४सय ५४ पुगेको छ ।
आज थपिएका सङ्क्रमितमध्ये झापामा मात्रै २३ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झापा कचनकवल गाउँपालिकाका १७ देखि ५५ वर्ष उमेरका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज रुपन्देही, दाङ, सुनसरी र धनकुटका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोनाको कारण तीन जनाको ज्यान गएको छ भने ४९ जना निको भएका छन् ।