विश्वभर कोरोना सङ्क्रमितको संख्या ५१ लाख नाघ्यो

बाग्मती खबर
८ जेष्ठ २०७७, बिहीबार २०:०८

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५१ लाख नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर ५१ लाख ९ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी अमेरिकामा १५ लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित छन् । यस्तै विश्वमा साढे २० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् भने तीन लाख ३० हजार ८४ जनाको ज्यान गएको छ । अमेरिकामा ९४ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै रुसमा तीन लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भने ब्राजिलमा दुई लाख ९३ हजारभन्दा धेरै सङ्क्रमित छन् ।

सङ्क्रमणको कारण रुसमा तीस हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा १८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

स्रोत : उज्यालोअनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*