कोरोना संक्रमित हेटौडाकी महिलाको गम्भिर अवस्थामा उपचारहुदै,६ दिनदेखि आइसीयुमा

बाग्मती खबर
१० जेष्ठ २०७७, शनिबार ०६:५९

काठमाडौं :- कोरोना भाइरस रोगको पुष्टि भएकी मकवानपुर हेटौडाकी महिलाको शिक्षण अस्पतालमा गम्भिर अवस्थामा उपचार भइरहेको छ । मुटुको चालमा गडबढी आई ६ दिनअघि शिक्षण अस्पताल ल्याइएकोमा उनलाई कोरोना पुष्टि भएको हो ।

त्रिवि चिकित्साशास्त्र अध्ययान संस्थान९आइओएम० स्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइशोलेसनमा उपचार भइरहेको स्रोतले जानकारी दिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ । अहिले अस्पताल व्यवस्थापनको वैठक चलिरहेको र कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको स्रोतले जनाएको छ ।

५४ वर्षकी संक्रमित महिलाको स्थायी घर मकवानपुर हेटौडा ३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मुटुको समस्या भई अस्पताल आएपनि निमोनिया देखिएपछि चिकित्सकहरुले कोरोना परीक्षण गर्न पठाएका थिए । अस्पतालमा अहिले पनि छलफल जारी छ। कोरोना संक्रमीत बिरामिलाइ गणेशमान भबनमा सार्ने तयारी भइरहेको छ ।

बिरामी ६ दिनदेखी भर्ना भएको हुनाले अधिकाश चिकित्सक तथा नर्सहरु सम्पर्कमा आएको हुन सक्ने भन्दै क्वारेन्टाइनको ब्यबस्था कसरी गर्ने भनेर निस्कर्श लगाउन अस्पतालमा आकस्मिक बैठक जारी छ।

कोरोना संक्रमित महिलाको हेटौडा कहिले आएकी थिइन र उनको हेटौडामा भएका आफन्तहरुको खोजीभइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*