भक्तपुरमा जनप्रतिनिधिलाई पनि कोरोना

काठमाडौँ :—शुक्रबार कोरोना पुष्टि भएकी भक्तपुरकी ४२ वर्षीया महिला जनप्रतिनिध भएको खुलेको छ । भक्तपुर नगरपालिका वडा नं ९ की महिला जनप्रतिनिधिलाई कोरोना भएको पुष्टि भएको ज हो । शुक्रबार स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा भक्तपुर नगरपालिका वडा नं ९ निवासी महिलामा कोरोना पुष्टि गरेको थियो ।
पछिल्लो पटक भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा कोरोना भाइरस संक्रमित नगरबासी भेटिएपछि भक्तपुर नगरपालिकाले पनि कोरोना परीक्षण गर्न थालेको थियो । त्यही अनुसार जनप्रतिधिहरुको पनि स्याब संकलन गरेको थियो ।
उनी स्वास्थ्य कार्यकर्ता पनि हुन् । साथै उनी नगरपालिका सदस्य भएकाले सेवामा दिनरात खटिन्थिन् । यही क्रममा उनलाई कोरोना लागेको अनुमान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे उक्त ठाउँंलाई सिल गरिएको जनाए । कन्ट्याक्ट टेसिङको आधारमा उक्त क्षेत्रलाई सिल गरिएको हो ।
भक्तपुरमा भेटिएको यो चौथौ कोरोना संक्रमित हुन् । यसअघि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेल निवासी पुरुषमा कोरोना पुष्टि भएको थियो । यसअघि पुष्टि भएका दुई जना भक्तपुरे शुक्रबार नै अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका थिए। आजको नागरिक दैनिकमा खवर छ ।